१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

१२ फागुन, काठमाडौं । सर्वोच्च अदालतले दुर्गा प्रसाईं थुनामुक्त गर्न आदेश गरेको छ । मंगलबार न्यायाधीश मनोजकुमार शर्मा र न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई गैरकानुनी थुनामुक्त गर्न आदेश दिएको हो ।

यसअघि सोमबार न्यायाधीशहरू नहकुल सुवेदी र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगले कारबाही गर्न भनेर प्रहरीलाई पठाएको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको थियो। प्रसाईंले जिल्ला प्रहरी परिसर काठमाडौंलाई विपक्षी बनाएर रिट दायर गर्नुभएको थियो ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १७:५२