निर्वाचनका लागि चीनले ४० लाख डलर सहयोग गर्ने
१२ फागुन, काठमाडौं । आगामी निर्वाचनका लागि चीनले ४० लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ । मंगलबार बसेकाे मन्त्रिपरिषद् बैठकले अनुदानस्वरुप प्राप्त हुने उक्त रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार, बैठकले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा उल्लेख भएबमोजिम बूढीगण्डकी जलाशययुक्त आयोजनाको वित्तीय लगानी ढाँचा स्वीकृत गर्ने निर्यण गरेको छ ।
साथै बैठकले काठमाडौं जिल्ला अदालतका मुख्य न्यायाधीश दीवाकर भट्टलाई काठमाडौं जिल्ला अदालतको कामसमेत हेर्ने गरी उपभोक्ता अदालत काठमाडौंको अध्यक्ष तोक्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १७:३५










