उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट
१२ फागुन, काठमाडौं । सरकारले उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्टलाई तोकेको छ । न्यायपरिषद्को सिफारिस अनुसार मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो ।
प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १६:५६










