१२ फाल्गुन २०८२, मंगलवार | Tue Feb 24 2026

९ दल र १ हजार २१३ उमेदवारले खोले बैंक खाता

१२ फागुन, काठमाडाैं । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवारी दर्ता गराएका ३ हजार ४०६ प्रत्यक्ष उमेदवारमध्ये हालसम्म १ हजार २१३ जना उमेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनमा भाग लिएका ६८ दलमध्ये ९ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलहरूमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेपालका लागि नेपाली पार्टी, जनता समाजवादी पार्टी (जसपा), संयुक्त नागरिक पार्टी, मितेरी पार्टी र नेपाल जनता संरक्षण पार्टी रहेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १४:२७