साम्बाको उपचारका लागि कांग्रेसले ५ लाख रुपैयाँ सहयोग गर्ने
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसले नेपाली महिला राष्ट्रिय टिमकी फुटबल कप्तान सावित्रा भण्डारी (साम्बा) लाई उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
केन्द्रीय कार्यालयका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै साम्बाको उपचारको लागि पार्टीले आर्थिक सहयोग गर्ने जानकारी गराउनुभएकाे हाे ।
विज्ञप्तिमा भनिएको छ, ‘उहाँको उपचारमा सहयोग पुर्याउनु हामी सबैको कर्तव्य हो । यसै सन्दर्भमा, नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको छ ।’
प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार ११:३६










