शिक्षक र कर्मचारीलाई निर्वाचन प्रचारमा सहभागी नहुन निर्वाचन आयोगकाे निर्देशन
११ फागुन, काठमाडौं । निर्वाचन आयोगले शैक्षिक संस्थामा सम्बद्ध प्राध्यापक, शिक्षक तथा कर्मचारीहरूलाई राजनीतिक दल र उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा सहभागी नहुन आग्रह गरेको । आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गर्नुभएकाे हाे ।
निर्वाचनको स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । तर, आचारसंहिता विपरित केही प्राध्यापक, शिक्षक तथा कर्मचारी राजनीतिक दल तथा उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न भएको उजुरी आयोगमा पुगेको छ ।
त्यसपछि आयोगले विज्ञप्ति नै निकालेर शिक्षक र कर्मचारीलाई दल र उम्मेदवारको चुनावी प्रचारमा नजान भनेको हो । आचारसंहिताको व्यवस्था प्रतिकूल हुने गरी निर्वाचन प्रचारप्रसार गतिविधिमा सामेल भएको पाइएमा कारबाही हुने आयोगको चेतावनी छ ।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १७:४८










