११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026

धादिङ बस दुर्घटनाबारे छानबिनका लागि ५ सदस्यीय कार्यदल गठन

११ फागुन, काठमाडाैं । धादिङमा भएको बस दुर्घटनाबारे अध्ययन र छानबिन गर्न गृह मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ।सोमबार दिउँसो सहसचिवको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको गृह प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले जानकारी दिनुभयाे ।

कार्यदलको संयोजक गृह मन्त्रालयका सहसचिव हुनुहुन्छ भने सदस्यहरूमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, यातायात विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक र यातायात व्यवसायी तथा मजदुर संघका प्रतिनिधिहरू रहनुभएकाे छ। कार्यदलले दुर्घटनाको सम्बन्धमा छानबिन गरी प्रतिवेदन पेश गर्नेछ।

प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १६:१७