उदयपुरमा बस दुर्घटना
११ फागुन, काठमाडौं । उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ । कटारीबाट गाईघाट तर्फ आउदै गरेको बा २ ख ६२५७ नं.को बस सोमबार बिहान ११:५० बजे ब्रेक फेल भएर सडकबाट ३०/४० फिट तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा परेर झन्डै एक दर्जन बढी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूलाई उद्धार गरी अस्पताल पठाइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १३:५४










