धादिङमा बस दुर्घटनाको छानबिन गर्न समिति गठन गर्ने
११ फागुन, काठमाडौं । धादिङ बस दुर्घटनाको छानबिन गर्ने निर्णय भएको छ । सोमबार बिहान गृह मन्त्रालयमा बैठक बसेर छानबिन समिति गठन गर्ने निर्णय गरेको सहप्रवक्ता रमा आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा अहिलेसम्म १९ जनाको मृत्यु भएको छ। ठूलो दुर्घटना भएपछि गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव, भौतिक पूर्वाधार सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी, सुरक्षा अंगका प्रमुख लगायतको उपस्थितिमा बैठक बसेको थियो।
पोखराबाट काठमाडौं आउँदै गरेको ग २ ख १४२१ नम्बरको बस बेनिघाट रोराङ गाउँपलिका(५ भैसीगौडामा दुर्घटनामा परेको थियो। बस अनियन्त्रित भएर २०० मिटर तल त्रिशुली नदी किनारामा खसेको थियो।
प्रकाशित मिति : ११ फाल्गुन २०८२, सोमबार १२:०३










