१० फाल्गुन २०८२, आईतवार | Sun Feb 22 2026

सशस्त्रका २३ जना एसएसपी निर्वाचन अनुगमनमा

१० फागुन, काठमाडाैं सशस्त्र प्रहरी बलको प्रधान कार्यालयले निर्वाचन अनुगमनको लागि २३ जना सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) लाई सोमबारदेखि देशभर खटाउने भएको छ ।

उपत्यकाबाट खटिन लागेका अधिकृतहरूलाई प्रधान कार्यालय र प्रदेशस्थित बाहिनी मुख्यालयबाट खटिन लागेका एसएसपीहरूलाई आइतबार भर्चुअल माध्यमबाट आइजिपी राजु अर्यालले निर्देशन समेत दिनुभएकाे छ ।

निर्वाचनको समय अगावै, निर्वाचनको समय र निर्वाचन पश्चातको समयमा आउन सक्ने जस्तोसुकै खराब अवस्थाको सामना गरी निर्वाचन सम्पन्न गराउन उहाँ निर्देशन दिनुभएकाे छ ।

आइजिपी अर्यालले निर्वाचनको समयमा जस्तोसुकै चुनौतीहरू आइपर्न सक्ने भएको हुँदा सो अवधिभर उम्मेदवार, मतदान केन्द्र, मतदाताहरू र व्यालेट बक्सको सुरक्षामा थप सशक्त भएर लाग्न निर्देशन दिनुभएकाे छ । उहाँले निर्वाचनको समयमा सुरक्षासँग सम्बन्धित सूचना संकलन, सबै तहका कामण्डरसँग समन्वय, सबै उम्मेदवारसँग सम्पर्कमा रहन तथा फिल्डमा भएका कमीकमजोरी र तत्काल गर्नुपर्ने कामबारे जतिसक्दो छिटो मुख्यालयमा जानकारी गराउन समेत निर्देशन दिनुभएकाे छ ।

प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १७:२५