काठमाडौंको तारकेश्वरमा घरभित्र पस्यो चितुवा
१० फागुन, काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित एक घरमा चितुवा पसेको छ । मनमैजु मन्दिर नजिकै अनोजमणी अधिकारीको घर भित्र पसेको चितुवाको आक्रमणमा परेर दुई जना घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले बताउनुभयो ।
चितुवाले आक्रमण गर्दा तारकेश्वर नगरपालिका वडा नं१० मनमैजु नासलचोक का ६५ वर्षीय दुलाल महर्जन र ५५ वर्षीय मायानाथ वाग्ले घाइते हुनुभएकाे छ ।
महर्जनकाे टाउको र बाँया हातमा सामान्य चोट लागेको छ । उहाँको शुभम् अस्पताल उपचार भइरहेको छ । त्यस्तै चितुवाको आक्रमणबाट घाइते वाग्लेको दाहिने कान र बाँयाको हातमा चोट लागेकाे छ । उहाँको नेपाल आर्मी अस्पताल छाउनीमा उपचार भइरहेको छ ।
अहिले उक्त चितुवालाई घरमै थुनेर राखिएको एसपी भट्टराईले बताउनुभयो ।
प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १६:०९










