पेप्सिकोलामा बसबाट खसेर एक जनाको मृत्यु
१० फागुन, काठमाडौं । काठमाडौंको पेप्सिकोलामा बसबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं पेप्सीकोला बस्ने दोलखा चरिकोट घर भएकी ६५ वर्षीया राम कुमारी भुजेल रहनुभएको छ ।
काठमाडौं महानगरपालिका-३२ पेप्सिकोला छाप्रो चोक नजिक सडकमा जडिबुटीबाट पेप्सिकोला चोकतर्फ आउँदै गरेको बा।४ ख ५७५४ नम्बरको बसबाट खसेर बसमा सवार उहाँको मृत्यु भएको हो ।
शनिबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते हुनुभएको उहाँको अन्नपुर्ण अस्पतालमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : १० फाल्गुन २०८२, आईतवार १२:२६










