२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

समयमा काम पुरा नगर्ने १५ कम्पनीलाई कालोसूचीमा राख्ने तयारी

६ फागुन, काठमाडाैं । सार्वजनिक खरिद अनुगमन कार्यालयले १५ निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाएको छ। विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ती कम्पनीमाथि कारबाही प्रक्रिया सुरु गरिएको हो।

बुधबार एक सूचना जारी गर्दै कार्यालयले ती कम्पनीहरूलाई किन कालो सूचीमा नराख्ने भन्नेबारे चित्तबुझ्दो आधार र प्रमाणसहित सात दिनभित्र लिखित स्पष्टीकरणसहित उपस्थित हुन निर्देशन दिएको हो ।

यसअघि सम्बन्धित सार्वजनिक निकायहरूले ती कम्पनीलाई कालो सूचीमा राख्न सिफारिस गरेपछि कार्यालयले ३० दिनको म्याद दिएर स्पष्टीकरण माग गरेको थियो । तर, उक्त अवधिमा कुनै पनि लिखित जवाफ नआएपछि कार्यालयले सार्वजनिक सूचनामार्फत पुनः ७ दिनको अल्टिमेटम दिएको हो । तोकिएको समयभित्र स्पष्टीकरण नआएमा ती कम्पनीहरूलाई कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइने छ ।

प्रकाशित मिति : February 18, 2026 at 10:09 am