२८ माघ २०८२, बुधबार | Wed Feb 11 2026

सल्यानमा जीप भीरबाट खस्यो

२८ माघ, काठमाडाैँ । सल्यानमा एउटा जीप भीरबाट खसेको छ । जीप भीरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने तिन जना घाइते भएका छन् । मृत्यु हुने जीपका चालक ३४ बर्षका विजय विश्वकर्मा रहेको घटनास्थलमा रहेका कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।

विश्वकर्मा रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ४ का स्थायी बासिन्दा हुनुहुन्छ । सिस्ने गाउँपालिकाबाट दाङतर्फ जाँदै गरेको ग १ ज ५६६१ नम्बरको बोलेरो कपुरकोट गाउँपालिका–३ चोरखोलामामा भीरबाट खसेको हो । दुर्घटनाका घाइते तुलसीपुरमा थप उपचार भैरहेको छ ।

प्रकाशित मिति : २८ माघ २०८२, बुधबार ०८:५२