१६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

गोकर्णेश्‍वरमा सवारी दुर्घटना हुँदा नुवाकोटका राम बहादुरको मृत्यु

१६ माघ, काठमाडाैं । काठमाडाैंकाे गोकर्णेश्‍वरमा सवारी दुर्घटनामा एक जनाएकाे मृत्यु भएकाे छ । गोकर्णेश्‍वर नगरपालिका-८ गोकर्ण जनसाहरा चोकस्थित सडकमा बा.७३ प १२२८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा मोटरसाइकल चालक काठमाडौं टोखा बस्ने नुवाकोट घर भएका २६ वर्षीय राम बहादुर तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार १७:३४