रविविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता लिन अदालतले दिएन अनुमति
१५ माघ, काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता गर्न रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ ।
महान्यायाधिवक्ता कार्यालयले रवि लामिछानेसहितका प्रतिवादीविरुद्ध दायर संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी अभियोग फिर्ता लिने निर्णय गरेको भन्दै त्यसको कार्यान्वयनका लागि जिल्ला अदालतमा निवेदन दायर गरिएको थियो। तर, अदालतले उक्त निवेदन कार्यान्वयन गर्न नमिल्ने ठहर गरेको हो।
सो विषयमा सर्वोच्च अदालतमा रिट निवेदन विचाराधीन रहेकाले त्यसको अन्तिम टुंगो नलागेसम्म निवेदन पेश गर्न नमिल्ने आदेश जारी भएको छ ।
महान्यायाधिवक्ता कार्यालयको निर्णयअनुसार सहकारी ठगीसम्बन्धी अभियोग यथावत् राखी सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता लिन जिल्ला सरकारी वकिल कार्यालयले निवेदन दायर गरेको थियो। तर, रुपन्देही जिल्ला अदालतले उक्त निवेदन अस्वीकार गरेको हो।
प्रकाशित मिति : January 29, 2026 at 5:01 pm









