भरतपुर महानगरका तत्कालीन वरिष्ठ इन्जिनियर आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा
१३ माघ, काठमाडौं । भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिकाका तत्कालीन वरिष्ठ इन्जिनियर भरत कुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेकाे हाे ।
आयोगले आचार्यविरुद्ध गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरी ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दर्ता गरेको हो ।
आचार्यले सार्वजनिक सेवाको पदमा रहँदा गैरकानुनी रूपमा आर्जन गरेको पैसाबाट श्रीमती लिली सुवेदीको नाममा समेत सम्पत्ति खरिद गरेको पाइएको आयोगको आरोपपत्रमा उल्लेख छ ।
आचार्य र उनका एकाघर परिवारका सदस्यहरूले वैधानिक रूपमा ३ करोड ५१ लाख ८ हजार २१० रुपैयाँ आयआर्जन गरेको देखिएको छ । तर आयआर्जन तथा खर्च र बैंक मौज्दात मूल्यांकन गर्दा अस्वभाविक रूपमा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ सम्पत्ति बढी देखिन आएको आयोगको भनाइ छ ।
प्रकाशित मिति : १३ माघ २०८२, मंगलवार १४:३१







