१२ माघ २०८२, सोमबार | Mon Jan 26 2026

नेपाल र साउदी अरबबीच श्रम सम्झौतामा हस्ताक्षर

१२ माघ, काठमाडाैं । साउदी अरब र नेपालबीच अन्ततः ऐतिहासिक द्विपक्षीय श्रम सम्झौता भएको छ । एक दशकभन्दा लामो कूटनीतिक र प्राविधिक प्रयासपछि साउदीको रियादमा आयोजित एक विशेष समारोहबीच साधारण श्रमिकको भर्ना तथा व्यवस्थापन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सोमबार भएको उक्त सम्झौतामा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्र सिंह भण्डारी र साउदी अरब सरकारका तर्फबाट मानव संसाधन तथा सामाजिक विकास मन्त्री अहमद बिन सुलेमान अलराजीले हस्ताक्षर गर्नुभएकाे छ ।

प्रकाशित मिति : १२ माघ २०८२, सोमबार १४:४४