११ माघ २०८२, आईतवार | Sun Jan 25 2026

माघ १४ गतेदेखि भृकुटीमण्डपमा काठमाडौँ महोत्सव तथा व्यापार मेला आयोजना हुने

११ माघ, काठमाडौँ । नेपाल उद्योग वाणिज्य सङ्घले यही माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा ‘काठमाडौँ महोत्सव तथा व्यापार मेला’ आयोजना गर्ने भएको छ ।

महोत्सवका माध्यमबाट स्थानीय उत्पादन, कला, संस्कृति, पर्यटन, व्यापार, नवप्रवर्तन तथा उद्यमशीलताको प्रवद्र्धनमा टेवा पुग्ने अपेक्षा गरिएको सङ्घका अध्यक्ष दिनेश श्रेष्ठले बताउनुभयो ।

महोत्सवमा २०० भन्दाबढी अत्याधुनिक तथा व्यवस्थित व्यावसायिक ‘स्टल’मा स्थानीय तथा राष्ट्रिय उत्पादन र सेवाको प्रदर्शनी गरिनेछ । साथै हस्तकला, मूर्तिकला तथा पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम पनि समावेश गरिएका छन् । उहाँले लघु, घरेलु, साना तथा मझौला उद्योगलाई आफ्ना उत्पादनको बजारीकरण गर्न मेला उपयोगी हुने बताउनुभयो । काठमाडौँ महानगरपालिका र उपत्यकाभित्रका छ वटा पालिकाका सबै वडाका मौलिक उत्पादन पनि महोत्सवमा प्रदर्शन गरिने छन् ।

प्रकाशित मिति : ११ माघ २०८२, आईतवार १७:१२