महावीर पुनले पाए त्रिभुज चुनाव चिह्न
९ माघ, काठमाडौं । पूर्वमन्त्री महावीर पुनले त्रिभुज चुनाव चिह्न पाउनुभएको छ । म्याग्दीमा प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिनुभएको उहाँले शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उक्त चुनाव चिह्न रोज्नुभएको हो ।
सामाजिक सञ्जालमार्फत आफूले त्रिभुज चिह्न पाएको जानकारी दिँदै पुनले भन्नुभएकाे छ, ‘महावीर पुनको चुनाव चिह्न आयो। नेपाल भरिका स्वतन्त्र उम्मेदवारहरूले यही चिह्न लिए हुन्छ।’
प्रकाशित मिति : ९ माघ २०८२, शुक्रबार १६:४०






