७ माघ २०८२, बुधबार | Wed Jan 21 2026

अपि पावरका सञ्चालक न्यौपानेले दिए राजीनामा

७ माघ, काठमाडौं । अपि पावर कम्पनी लिमिटेडका सञ्चालक द्वारिका प्रसाद न्यौपानेले राजीनामा दिनुभएको छ । कम्पनीको माघ ६ गते बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार न्यौपानेले आफ्नो कार्यव्यस्तताका कारण माघ ५ गतेदेखि सञ्चालक पदमा रही जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जानकारी गराउँदै राजीनामा पेश गर्नुभएको थियो । उक्त राजीनामालाई औपचारिक रूपमा स्वीकृत गरेको कम्पनीले जनाएको छ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार १३:५६