पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी
६ माघ, काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग पर्सा जिल्ला अदालतले १ करोड धरौटी माग गरेको छ । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग १ करोड धरौटी माग गरेको हो ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दायर भएको थियो । उक्त मुद्दामा ११ करोड ५६ लाख ९४ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ ।
प्रकाशित मिति : ६ माघ २०८२, मंगलवार १५:३४









