धरानमा इन्टरनेशनल टेम्स एकेडेमी बस दुर्घटना ५ को मृत्यु १२ घाइते
४ माघ, धरान । धरानको जिरोप्वाइन्टमा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन । आइतबार दिउँसो सवा ४ बजे बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

सुनसरी प्रहरी प्रमुख एसपी केशव थेबेले धरान उपमहानगरपालिका-१३ जिरो प्वाइन्टस्थित कोशी राजमार्गमा भेडेटारबाट धरानतर्फ आउँदै गरेको को १ ख ७११९ नम्बरको इन्टरनेशनल टेम्स एकेडेमी लेखिएको बस अनियन्त्रित भई दुर्घटना भएको जानकारी दिनुभयो ।
प्रकाशित मिति : ४ माघ २०८२, आईतवार १७:४९









