प्रधानन्यायाधीश राउत अस्वस्थ
३० पुस, काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत अस्वस्थ हुनु भएको छ । उहाँ बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालमा उपचाररत हुनुहुन्छ
सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार विमल पौडेलका अनुसार गत सोमबार उहाँ उक्त अस्पताल भर्ना हुनुभएको हो । उहाँ ज्वरोबाट पीडित हुनुहुन्छ ।
प्रकाशित मिति : ३० पुष २०८२, बुधबार १३:०१









