२५ पुष २०८२, शुक्रबार | Sat Jan 10 2026

नेपाल रिपब्लिक मिडियाको कम्पनी सचिवमा देवकोटा नियुक्त

२४ पुस, काठमाडौं। नेपाल रिपब्लिक मिडिया लिमिटेडको कम्पनी सचिवमा मनुजा देवकोटा नियुक्त हुनुभएको छ । पुस २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले देवकोटालाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यस्तै, बैठकले यसअघिका कम्पनी सचिव मदन अर्यालले दिएको राजीनामा स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रकाशित मिति : २४ पुष २०८२, बिहीबार ११:०९