२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

पिकनिक गएर फर्कंदै गरेको बस काठमाडौँको शङ्खरापुरमा दुर्घटना

२३ पुस, काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ मा बस दुर्घटना भएको छ ।

आज साँझ शङ्खरापुर नगरपालिका–३ फेदी जङ्गलस्थित सडकमा जर्सिपौवाबाट साँखुतर्फ पिकनिक गएर फर्कदै गरेको बा४ख ८७८८ नम्बरको महानगर यातायात बस दुर्घटना भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “बस सडकबाट करिब १०० मिटर तल खस्दा दुर्घटना भएको छ । घटनास्थलबाट सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । बस घटनास्थलमै रहेको र अन्य विवरण आउन बाँकी छ ।”

उक्त बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो ।

प्रकाशित मिति : २३ पुष २०८२, बुधबार २०:१७