२ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026

प्रदीप परियारसहितले ढल निर्माणमा भ्रष्टाचार नगरेको विशेष अदालतको ठहर

२२ पुस, काठमाडौँ । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित सात जनाले ढल निर्माणको ठेक्कामा भ्रष्टाचार गरेको अभियोगमा सफाइ पाउनुभएको छ ।

मंगलबार विशेष अदालतका न्यायाधीश नारायण पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट परियारसहित महानगरका निर्देशकहरू रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल, सहायक निर्देशक उत्तम दाहाल र इञ्जिनियर जर्नादन गिरीले भ्रष्टाचार मुद्दामा सफाइ पाउनुभएको हो ।

dainiki.com

अख्तियारले सबैभन्दा कम अंक १८ करोड ९ लाख २२ हजार ३२५ रुपैयाँ कबोल गर्ने निर्णय व्यवसायी समानान्तर सेवा प्रालिलाई अयोग्य ठहर गरी कल्पवृक्ष–कोहिनुर जेभीलाई २२ करोड ४० लाख ९४ हजार ६१२ रुपैयाँमा ठेक्का दिइएको दाबीसहित विशेष अदालतमा मुद्दा दार्ता गरेको थियो । मुद्दा दर्ता भएपछि परियार सूचना तथा प्रशारण विभागको महानिर्देशक नै रहनुभएको समयमा निलम्बित हुनुभएको थियो ।

अख्तियारले पदको दुरुपयोग गरेर महानगर तथा सार्वजनिक संस्थाको सम्पत्तिमा बदनियतपूर्वक हानि नोक्सानी पुर्याएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम चार करोड ३१ लाख ७२ हजार २८७ रुपैयाँ बिगो कायम गर्दै कैद र जरिवाना मागदाबीग गरेर मुद्दा दर्ता गरेको थियो ।

यस्तो छ विशेषको फैसला

प्रकाशित मिति : २२ पुष २०८२, मंगलवार १८:५५