ओली सरकारका सामान्य प्रशासनमन्त्री गुप्ता भ्रष्टाचार मुद्दामा कारागार चलान
१६ पुस, काठमाडाैँ । नेकपा एमालेका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पोखराको मालपोत अधिकृत सरूवाको घुस काण्डमा पूर्पक्षका लागि कारागार चलान गरिएको छ । बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलाशले पूर्पक्षका लागि कारागार चलान गरेको हो ।

भ्रष्टाचारीको मुख पनि नहेर्ने नारा ब्राण्डिङ गर्नुभएको प्रधानमन्त्री ओलीको अनिच्छाका बीच घुसको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिनुभएको थियो । यद्यपी प्रधामन्त्रीले भने उहाँलाई पदबाट हटाउन चाहनुभएको थिएन । एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा गुप्ता केन्द्रीय सदस्यमा लडेर पराजित हुनुभएको थियो ।


प्रकाशित मिति : १६ पुष २०८२, बुधबार १८:२१












