सहकारी ठगी प्रकरणका रवि लामिछानेका पार्टनर छवि पनि छुटे धरौटीमा
६ पुस, काठमाडौं । सहकारी ठगी प्रकरणमा रवि लामिछानेका पार्टनर भनेर चिनिएका र रवि भन्दा अघिदेखि कारगारमा रहेका तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशी पनि रिहा हुनुभएको छ । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डिल्लिराम शर्मा अर्यालको एकल इजलासले जोशीसँग धरौटी मागेर थुनामुक्त गर्ने आदेश दिएको हो ।
थुनाबाहिर बस्न भन्दै जोशीले दिएको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालत बुटवलले मिसिल पुनस् जिल्लामै फिर्ता पठाउने आदेश दिएपछि आइतबार नयाँ आदेश भएको हो ।बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा उनी थुनामा थिए ।
प्रकाशित मिति : ६ पुष २०८२, आईतवार २१:५७












