२३ मंसिर २०८२, मंगलवार | Tue Dec 9 2025

सहसचिव राजेन्द्रकुमार पाैडेल सचिवमा बढुवा

२३ मंसिर, काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता सहसचिव राजेन्द्रकुमार पौडेल सचिवमा बढुवा हुनुभएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता समेत रहनुभएको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले लोकसेवा आयोगको सिफारिसका आधारमा पौडेल सचिवमा बढुवा हुनुभएको जानकारी दिनुभयो । लोकसेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले पहिलो नम्बरमा पौडेलको नाम दोस्रोमा कमल भट्टराई र तेस्रो नम्बरमा इन्दु घिमिरेको नाम सिफारिस गरेको थियो ।

प्रकाशित मिति : २३ मंसिर २०८२, मंगलवार ०८:२८