काठमाडौंको कान्तिपथमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
११ मंसिर, काठमाडाैं । काठमाडौं महानगरपालिका-२७ कान्तिपथस्थित सडकमा कारको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बिएबी ५७२४ नम्बरको कारले बा. ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा लिखु गाउँपालिका-९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार राति भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका उनको केएमसी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार २ जनामध्ये १ जनाको सोही अस्पतालमा र १ जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार कार चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ।
प्रकाशित मिति : November 27, 2025 at 12:22 pm










