मिरज ढुंगाना समूहले भेट्न पाएन प्रधानमन्त्री, सिंहदरबार गेटमा ज्ञापनपत्र टाँसेर फर्कियो
८ मंसिर, काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीलाई माग पत्र बुझाउन जाने क्रममा प्रवेश नपाएपछि मिरज ढुंगाना नेतृत्वको जेनजी समूह सिंहदरबारको दक्षिण गेटमा माग पत्र टाँसेर फर्किएका छन् ।
सोमबार दिउँसो प्रधानमन्त्रीलाई भेट्न र ध्यानाकर्षण पत्र बुझाउन जेनजी अगुवाहरू सिंहदरबार पुगेका थिए। तर ध्यानाकर्षण पत्र बुझ्नका लागि प्रधानमन्त्रीले समय नदिएपछि उनीहरू गेटमा टाँसेर फर्किएका हुन् ।
प्रकाशित मिति : ८ मंसिर २०८२, सोमबार १७:४७












