६ फाल्गुन २०८२, बुधबार | Wed Feb 18 2026

नेपाली नागरिकहरूलाई अब हङकङ ट्रान्जिट भिसा आवश्यक नपर्ने

२८ कात्तिक, काठमाडाैं । हङकङ सरकारले नोभेम्बर १५  अर्थात भाेलिदेखि लागू हुने गरी नेपाली राहदानी बाहक यात्रुलाई ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको छ ।

नेपाली महावाणिज्यदूतावास हङकङले निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण नेपालबाट अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने सर्तमा ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको जानकारी गराएको हो ।

महावाणिज्यदूतावासले भनेको छ, ‘हङ्गकङ्ग सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात् हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको छ । साथै, यो प्रावधानले नेपाली राहदानी बाहक यात्रुहरूलाई हङकङ ट्रान्जिट भएर यात्रा गर्न प्रोत्साहन मिल्ने ठानिएको छ । ‘

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार १३:२९