११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

नवनियुक्त आइजिपी दानबहादुर कार्कीले लगाए दर्ज्यानी चिह्न

२७ कात्तिक, काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले दर्ज्यानी चिह्न लगाउनुभएकाे छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सचिव रामेश्वर दंगालले कार्कीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाउनुभएकाे हाे ।

आइजिपी चन्द्रकुबेर खापुङ अवकाशमा गएसँगै कार्कीले बिहीबारदेखि कमाण्ड सम्हाल्नुभएकाे हाे । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले कार्कीलाई आइजिपीमा नियुक्त गरेको थियो।

प्रकाशित मिति : २७ कार्तिक २०८२, बिहीबार ११:५०