४ मंसिर २०८३, बिहिबार | Fri Nov 20 2026

हिमालय क्षेत्रको शान्ति र समृद्धिका लागि सञ्चार र परस्पर सहयोगको आवश्यकतामा जोड

https://www.muktinathbank.com.np/online/loan-application

२२ कात्तिक, काठमाडौँ । काठमाडौँमा आयोजित दुई दिने तेस्रो परा–हिमालय सञ्चार तथा सामाजिक विकास सङ्गोष्ठी आज सम्पन्न भएको छ । यो सङ्गोष्ठीले हिमालय क्षेत्रको शान्ति र समृद्धिका लागि सञ्चार र परस्पर सहयोगको आवश्यकतामा जोड दिएको छ ।

नेपाल लगायत, चीन, भारत, बाङ्ग्लादेश, भुटान, श्रीलङ्का, पाकिस्तान, संयुक्त राज्य अमेरिका, जापानका विद्वत वर्ग तथा शोधार्थीहरूले पाँचवटा समानान्तर प्यानलमा हिमालय आरपारका देश तथा क्षेत्रसँग सम्बन्धित सञ्चारदेखि विविध सामाजिक क्षेत्रका ५० वटा शोधपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले यस सम्मेलनले हिमालय क्षेत्रको समृद्धि र आपसी सद्भाव, मानवता र सहयोगमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल ।

कार्यक्रममा सहआयोजक संस्थाका तर्फबाट सम्बोधन गर्दै पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्यालले भन्नुभयो, नेपाल–चीनबीच भाषिक भिन्नताका बाबजूद ताओ, बुद्ध र कन्फ्युसिअसका मार्गदर्शन, विचार एवं शिक्षाबाट दुबै देशबीच जनस्तरमा अन्तर–सांस्कृतिक संवादलाई शताब्दियौँदेखि घनिभूत बनाउँदै ल्याएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकूलपति प्रा. डा. दीपक अर्यालले त्रिभुवन विश्वविद्यालयले यस्ता अन्तरर्राष्ट्रिय विषयगत सङ्गोष्ठीहरूको आवश्यकतामा जोड दिँदै प्रोत्साहन गर्ने नीति रहेको जानकारी दिनुभयो ।

कार्यक्रममा सहआयोजक संस्थाका तर्फबाट सम्बोधन गर्दै पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल ।

कार्यक्रममा प्यानलहरूका अतिरिक्त विशिष्ट वक्ताका रूपमा त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा. खड्ग केसी, त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल, युनिभर्सिटी अफ टेक्सास, अमेरिकाका प्राध्यापक डा. अर्विन्द सिन्घाल, चीनको युहान विश्वविद्यालय अन्तर्गत स्कूल अफ पोलिटिकल साइन्स एण्ड पब्लिक एडमिनिष्ट्रेसन डीन प्रा. डा. डिङ हुवाङ, सङ्ग्हुवा युनिभर्सिटीका प्रा. डा. चेन चाङफेङ, भारतको जवाहरलाल नेहरू विश्वविद्यालयका डीन प्रा. डा. मानुकुण्डा रविन्द्रनाथ, युनिभर्सिटी अफ ढाकाका डीन प्रा. डा. ताइयाबुर रहमान, भूटानका सूचना विभागका पूर्व महानिर्देशक शोधार्थी दावा पेन्जोर, युनिभर्सिटी अफ पन्जाबका प्रा. डा. अविदा आस्राफ, कुमाउ विश्वविद्यालयका प्राध्यापक डा. दीपिका पन्त, भारतका शोधार्थी प्रशान्त कुमार सिंह, चीनको युनिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजीका डीन प्रा.डा. हान होङ, त्रिवि, सार्वजनिक प्रशासन केन्द्रीय विभागका प्रमुख डा. नरेन्द्रराज पौडेल, चीनको काङ्वा टेलिभिजनका चेमी वेङ्ग्मो तथा जापानी फोटो पत्रकार हिरोयोकी ताइराले सञ्चार तथा समाजिक विषयवस्तुमा आधारित रही विशिष्ट मन्तव्य राख्नुभएको थियो ।

सामूहिक तस्बिरमा सहभागीहरू ।

यो कार्यक्रम त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका साथै चीनको स्कूल अफ पब्लिक एडमिनिष्ट्रेसन, युभिभर्सिटी अफ इलेक्ट्रोनिक साइन्स एण्ड टेक्नोलोजी अफ चाइना, काङ्वा टिभी तथा हिमालयन टेलिभिजनको संयुक्त आयोजनामा सम्पन्न भएको हो

प्रकाशित मिति : November 8, 2025 at 2:40 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/