२८ मंसिर २०८२, आईतवार | Sun Dec 14 2025

जागिरको खोजिमा हुनुहुन्छ ? काठमाडौँ महानगरपालिकाले माग्यो कर्मचारी

२० कात्तिक, काठमाडौं। काठमाडौं महानगरपालिकाले कर्मचारी माग गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै करार सेवामा कर्मचारी माग गरेको हो ।

नगर प्रहरी जवान, हलुका सवारी चालक र कार्यालय सहयोगीका लागि आवेदन आह्वान गरिएको हो । बागमती सरकारबाट जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौँ महानगरपालिका सेवा करारमा कर्मचारी पदपूर्ति गर्ने सम्बन्धी कार्यविधि, २०७९ बमोजिम आवेदन पेस गर्न आह्वान गरिएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८२, बिहीबार ११:३१