भाषण गर्दागर्दै ढलेका एमालेका केन्द्रीय सदस्य कमल गौतमको मृत्यु
१३ कात्तिक, काठमाडाैं । नेकपा एमालेका केन्द्रिय सदस्य एवं राष्ट्रिय ट्रेड युनियन महासंघ (जिफन्ट)का केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
भैरहवास्थित विद्युत् प्राधिकरणको कार्यालय अगाडि ट्रंकलाइन विवादमा उद्योगहरूमा विद्युत् लाइन काटिएको विरोध कार्यक्रममा उद्योगी र मजदुरले गरेको विरोध प्रदर्शनमा भाषण गरिरहेका बेला ६५ वर्षीय गौतम अचानक ढलेका थिए।
उनलाई तत्काल मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएकोमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
बुटवल उपमहानगरपालिका–३ ज्योतिनगरका स्थायी बासिन्दा गौतम २०५४ सालदेखि पार्टी र जिफन्टमा सक्रिय थिए । गौतमका दुई छोरा र श्रीमती रहेका छन् ।
प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहीबार १४:१३












