संसद विघटनविरुद्धका रिट सुनुवाइका लागि संवैधानिक इजलास गठन
१२ कात्तिक, काठमाडौं । प्रतिनिधि सभा विघटनको मुद्दा हेर्न संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १६ वटा रिट दर्ता भएका छन् । ती सबै रिटमा आजदेखि प्रारम्भिक सुनुवाइ हुने भएको हो ।भदौ २३-२३ को जेनजी आन्दोलनपश्चात २७ गते सुशीला कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम प्रधानमन्त्री नियुक्त गरेका थिए । कार्कीले लगत्तै प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी थिइन् ।
सरकार गठन र प्रतिनिधिसभा विघटन दुवै संविधानसम्मत नरहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । ती रिटहरूमाथि आजबाट सुनुवाई हुन लागेको हो ।
प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार १२:०८












