सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना
१२ कात्तिक, काठमाडौँ । सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना भएको छ । सोलुखुम्बुको लोबुचे भन्नेस्थानमा अल्टिच्युट एयरको हेलिकोप्टर दुर्घटनामा परेको र चालक सकुशल रहेको प्रहरीले जनाएको छ । अल्टिच्युट एयरका अनुसार क्याप्टेन विवेक खड्काले हेलिकप्टर उडाउनुभएको थियो ।

क्षतिको विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार ०८:५२












