९ फाल्गुन २०८२, शनिबार | Sat Feb 21 2026

सुत्केरीको मृत्युपछि किष्ट अस्पताल तोडफोड, प्रहरीले हान्यो अश्रुग्यास

१० कात्तिक, काठमाडौं । किस्ट अस्पतालमा स्थिति तनावग्रस्त बनेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।  सुत्केरीको मृत्यु भएपछि उनका आफन्तसहित उपस्थित भएको भिडले ललितपुरको इमाडोलमा रहेको किष्ट अस्पतालमा तोडफोड गरेका थियो।

चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै उनीहरूले अस्पताल तोडफोड गरेका हुन् । अस्पतालको गेट फोडेर भित्र पसेका प्रदर्शनकारीहरूले अस्पतालमा ढुंगामुढा गरेका हुन् ।

प्रदर्शन उग्र बनेपछि प्रहरीले भीडलाई तितरवितर बनाउन लाठीचार्ज गर्नुका साथै केही राउन्ड आश्रुग्यास समेत प्रहार गरेको छ । सुत्केरी गराउने क्रममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका(९ की ३४ वर्षीया मिनाश्री राईको शुक्रबार राति मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेका थिए।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १५:११