१५ पुष २०८२, मंगलवार | Tue Dec 30 2025

उपचारका लागि सिंगापुर जाँदै देउवा दम्पती

१० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी आरजु राणा देउवा थप उपचारको लागि सिंगापुर जाने हुनुभएको छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते हुनुभएका देउवा दम्पती उपचारको लागि सिंगापुर जान लाग्नुभएको हो । सभापति देउवा थप उपचारका लागि सिंगापुर जाने तयारीमा रहेको कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले बताउनुभयो ।

प्रकाशित मिति : १० कार्तिक २०८२, सोमबार १२:२७