गायिकाको आत्मदाह प्रयासपछि बाबुल गिरीलाई प्रहरीले बोलायो
२ कात्तिक, काठमाडौं । गायक बाबुल गिरीलाई प्रहरीले बोलाएर सोधपुछ सुरु गरेको छ । शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियोमै शरीरमा आगो लगाएर गायिका नितु पौडेलले आत्मदाह प्रयास गरेकी थिइन् । सो घटनामा गायक गिरीलाई सोधपुछका लागि बोलाइएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार केही सोधपुछका लागि उनलाई बोलिएको हो ।
प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १३:२१












