१६ पुष २०८२, बुधबार | Wed Dec 31 2025

प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्चमा रिट दायर

२८ असोज, काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । मंगलबार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरुद्ध  रिट दायर भएकाे हाे ।

रिटमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति असंवैधानिक भएको दाबी गरिएको छ । असंवैधानिक रूपमा नियुक्त प्रधानमन्त्रीबाट भएका सबै निर्णयहरू बदर गर्न रिटमा माग गरिएको छ भने प्रधानमन्त्री र सरकारले गरेका निर्णयहरूको कार्यान्वयन रोक्न अन्तरिम आदेश जारी गर्न पनि माग गरिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलवार ११:४२