प्रि ओपन सेसनमा साढे ४ अंकले बढ्यो नेप्से
१३ साउन, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले बढेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ४.६९ अंकले बढेर २९७६.०० विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा ७३ स्टकको ११७ पटकको कारोबारमा ३५ लाख ६५४ रुपैयाँ १० पैसाबराबरको ५ हजार ७१९ कित्ता सेयर खरिदबिक्री भएको छ।
प्रकाशित मिति : July 29, 2025 at 10:59 am









