आईजीपीलाई गृहमन्त्रीले लगाइदिए दर्ज्यानी चिह्न
१८ काक्तिक, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

यसअघि गृहसचिवले आईजीपीलाई दर्ज्यानी चिन्ह प्रदान गर्दै आएका थिए । केसीलाई आजै मन्त्रिपरिषद् बैठकले महानिरीक्षक पदमा नियुक्त गरेको थियो ।
प्रकाशित मिति : November 4, 2026 at 5:56 pm










