१८ कार्तिक २०८३, मंगलबार | Tue Nov 3 2026

नेप्सेमा झिनो अंकको सुधार, ५ अर्ब ६५ करोडको कारोबार

१७ कात्तिक, काठमाडौं । साताको दोस्रो कारोबारको दिन नेप्से परिसूचकमा झिनो अंकको सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेको छ। नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ।  यस दिन ५ अर्ब ६५ करोड ११ लाख ४२ हजार रुपैयाँबराबरको १ करोड ५४ लाख २० हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन १४३ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १२२ कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन १४ कम्पनीकाे सेयर मूल्य स्थिर रहेकाे छ ।

यस दिन शिखर पावर डेभलपमेन्टको सेयरमूल्य सर्वाधिक ५.९४ प्रतिशत बढेकाे छ । बेनी हाइड्रोपावर प्रोजेक्टको सेयरमूल्य यस दिन सबैभन्दा बढी ५.०४ प्रतिशत घटेको छ। यस दिन ग्लोबल आइएमई बैंकको सर्वाधि काराेबार भएकाे छ। सो बैंकको यस दिन २३ करोड १४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ९ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : November 3, 2026 at 3:22 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/