सामान्य अंकले बढ्यो नेप्से, ६ अर्ब १४ करोडको कारोबार
९ मंसिर, काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यस दिन नेप्से परिसूचक ८.७० अंकले बढेर २६४७.६५ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ६ अर्ब १४ करोड ६० लाख ४३ हजार रुपैयाँबराबरको १ करोड ६५ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। बुधबार १७० कम्पनीको सेयर मूल्य बढेको छ भने १०१ कम्पनीको घटेको छ । ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।
यस दिन मुक्तिनाथ कृषि कम्पनीको सेयरमूल्य सर्वाधिक १०.९८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन हिमालयन उर्जा विकास कम्पनीको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ३४ करोड ७४ लाख ७६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन १० उपसमूहको परिसूचक बढेको छ भने तीन उपसमूहको परिसूचक घटेको छ।
प्रकाशित मिति : November 25, 2026 at 3:15 pm













