दुई कम्पनीले आईपीओ निष्कासन गर्ने, धितोपत्र बोर्डमा दिए आवेदन
९ मंसिर, काठमाडौं । दुई जलविद्युत् कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएका छन्। मिडिल मोदी हाइड्रोपावर र सिद्धि हाइड्रोपावरले आईपीओ निष्कासनका लागि आवेदन दिएका हुन् ।
मिडिल मोदी हाइड्रोपावरले ३० लाख ७७ हजार कित्ता सेयर निष्कासनको अनुमति मागेको छ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट क्यापिटल रहेको छ। त्यस्तै, सिद्धि हाइड्रोपावरले ५० लाख कित्ता सेयर निष्कासनका लागि आवेदन दिएको छ। यसको निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ। दुवै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा निष्कासन गर्ने प्रस्ताव गरेका छन्।
बोर्डबाट स्वीकृति पाएपछि यी कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली र त्यसपछि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछन्।
प्रकाशित मिति : November 25, 2026 at 2:50 pm













