१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

सामान्य अंकले बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

१८ कात्तिक, काठमाडाैँ । बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।  यस दिन नेप्से परिसूचक १.४० अंकले बढेर २६६५.५३ विन्दुमा पुगेको छ। नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। यस दिन ७ अर्ब ४३ करोड ९३ लाख ६६ हजार रुपैयाँबराबरको २ करोड १२ लाख २३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। यस दिन ९८ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १७१ कम्पनीकाे मूल्य घटेकाे छ । यस दिन ९ कम्पनीकाे मूल्य स्थिर रहेकाे छ ।

नेपाल पुनर्बीमा कम्पनीको सेयर सकारात्मक सर्किट लागेकाे छ। सो कम्पनीको शेयरमूल्य यस दिन १२० रुपैयाँ २० पैसा बढेर ९२१ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। मन्त्रीपरिषदको बैठकले नेपाल पुनर्बीमा कम्पनीमा नेपाल सरकारको थप हकप्रद सेयर लगानी गर्न सहमति प्रदान गर्ने निर्णय गरेसँगै यस दिन कम्पनीको सेयरमूल्य उच्च बढेको हो।

सिभिल बैंक डिबेञ्चर २०८८ को मूल्य यस दिन सर्वाधिक ६.३४ प्रतिशत घटेको छ। यस दिन श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनको सर्वाधिक काराेबार भएकाे छ। सो कम्पनीको यस दिन ८५ करोड ८४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ।

प्रकाशित मिति : November 4, 2026 at 3:26 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/