१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

समस्याग्रस्त ७ सहकारीका १२२ जनाले पाए रकम फिर्ता

१८ कात्तिक, काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ७ समस्याग्रस्त सहकारीको १२२ जनाको बचत रकम फिर्ता गरेको छ । समितिले सार्वजनिक गरेको विवरण अनुसार नेपाल सहकारी वित्तिय सहकारी, आइडियल यमुना हाम्रो बहुउदेश्यीय सहकारी, शिवशिखर सहकारीका २३ जनाको पुर्ण बचत र कान्तीपुर सहकारी, गौतमश्री बहुउदेश्यीय सहकारी, कृषि विकास बहुउदेश्यीय सहकारी र श्री लालिगुराँस बहुउदेश्यीय सहकारीको ९९ जनाको आंशिक बचत फिर्ता गरिएको हो ।

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरुलाई रकम फिर्ता गरिएको समितिले बताएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ । समस्याग्रस्त सहकारी संस्थाहरुबाट ऋण असुली र सम्पत्ति व्यवस्थापनबाट रकम फिर्ता भएको हो ।

प्रकाशित मिति : November 4, 2026 at 5:19 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/